पेट्रोलियम पदार्थको मूल्य बढ्यो
२०८० श्रावण १७ गते, बुधबार
काठमार्डौं । नेपाल आयल निगमले गएराति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ७/७ रुपैयाँ घटाएको छ भने ग्यासमा प्रतिसिलिण्डर १ सय ३० रुपैयाा घटाएको छ । निगमले पेट्रोल र डिजेलमा स्वचालित प्रणालीअनुसार मूल्य बढाएको हो । भारतबाट पेट्रेलियम पदार्थमा नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ ।
मूल्यबृद्धिसागै अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १सय ५३ रुपैयाँ पुगेको छ । यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेर अब प्रतिसिलिण्डर १६६० रुपैयाँ भएको छ ।