नेप्से परिसूचक ९.२५ अंकले बढ्यो

२०८० श्रावण १७ गते, बुधबार


काठमाडौँ । निरन्तरजसो ओरालो लाग्दै आएको शेयर बजार आज सकारात्मक रहेको छ । आज नेप्से परिसूचक ९.२५ अंकले बढेर २०८६.८४ बिन्दुसम्म पुगेको छ। यस्तै सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंकले बढेर बन्द भएको छ। २०७८ बिन्दुबाट सुरु भएको सेयर बजार कारोबार भएको एक घण्टामा नै १६ अंकले घटेर २०६२.५९ बिन्दुसम्म आइपुगेको थियो। त्यसपछि बढ्न सुरु गरेको बजार सामान्य उतारचढावका बाबजुद २०८६ बिन्दुमा बन्द भएको हो। बजार बढ्दा वाणिज्य बैंक उपसमूह ०.८१ प्रतिशत, विकास बैंक १ प्रतिशत, फाइनान्स १.६९ प्रतिशत र होटल तथा पर्यटन उपसमूह १.४० प्रतिशतले बढेका छन्।
यसबाहेक हाइड्रोपावर उपसमूह, लघुवित्त र अन्य उपसमूह घटे पनि त्यसबाहेकका अन्य उपसमूहहरु सकारात्मक देखिएका छन्। बजारमा सुधार देखिए पनि मंगलबारको तुलनामा कारोबार भने सामान्य खुम्चिएको छ। आज दिनभर १ अर्ब ८१ करोडको कारोबार भएको हो। मंगलबार १ अर्ब ९२ करोडको किनबेच भएको थियो। आज कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। उक्त कम्पनीको ११ करोड १९ लाख बराबरको सेयर कारोबार भएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार