एनआईसी एशिया बैङ्कको कर्तुतः ‘खाता खोल्न लगाई ग्राहकको थाप्लोमा २१ लाख ऋण’

काठमाडौं । एनआईसी एशिया बैङ्क सुर्खेत शाखाको कर्तुत यस्तो सम्म भेटिएको छ कि दुई जना सर्वसाधारणलाई जबर्जस्त खाता खोल्न लगाई ग्राहक बनाएर करिव २१ लाख रुपैयाको ऋणको भारी बोकाईएको छ । दुई जना सर्वसाधारण नागरिकको नाममा जबर्जस्त खाता खोल्न लगाई ऋण नै नलिएको बेला २० लाख ९० हजारको ऋण ग्राहक खातामा देखाएको हो ।
बैङ्ककमा खाता खोलेपछि बैङ्कले तपाईहरुलाई पैसा हालिदिन्छ खाता खोल्नुहोस भन्ने प्रलोभन देखाएपछि सुर्खेतका अमर चौधरी र गणेश थारुले बैङ्कमा खाता खोल्न वाध्य हुनु भएको थियो । तर उनिहरुले खाता खोलेको तीन महिना पछि भने अमरको खातामा ९ लाख ५० हजार र गणेशको खातामा ११ लाख ४० हजार रुपैया ऋण निकालिएको देखाईएको छ ।
ग्राहकहरुलाई भ्रममा पार्दै उनीहरुको सम्पत्ति हत्याउने भित्रि उद्देश्य राखेको बैङ्कले आफ्नो कालो कर्तुत सुर्खेती सर्वसाधरण जनतामा प्रयोग गरेको खुलासा भएको हो ।
बैङ्कले दिपक रोकायाको एनआईसी एशिया बैङ्कमा रेहेको १ करोड १० लाख ८ हजार ४८५ रुपैयाको ऋणलाई सर्वसाधारण अमर र गणेशको नाममा ट्रास्फर गरिएको देखिन्छ ।
बैङ्कले एकाएक पीडित अमर र गणेशलाई खाता खोल्न लगाएर किन यस्तो गर्यो ? र रोकायाको समेत यस प्रकरणमा मिलिमत्तो छ या छैन वा बैङ्कको मात्र षड्यन्त्र हो ? त्यो भने अझै रहस्यमय छ । तर घटनाको प्रकृति अनुसार यो प्रकरण रोकाया र बैङ्कका कर्मचारीहरु मिलेर सर्वसाधारणलाई फसाएको सहजै अनुमान गर्न सकिन्छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का अमर र वीरेन्द्रनगर नगरपालिका वडा नं २ का गणेशलाई एनआईसी एशिया बैंक एरिचोक शाखाले खाता खोल्न लगाएको थियो । बैङ्कले खाता खोल्नु अघि उहाँहरु दुवै जनाहरुबाट श्रीमती र उनिहरुको नागरिताको फोटो कपी लिएको थियो ।
पीडित अमरले एक्कासी बैङ्कले फोटो नागरिकताको फोटो कपी मागी खाता खोलेर हस्ताक्षेर गरिएको चेक लिएर आफू माथि ठगी गरेको गुनासो गरेका छन ।
उनले भने – “खाता खोलेको केही दिन पछि साँझ ६ः३० बजे बैंकमा परिवार सहित बोलाईयो र एक्कासी हस्ताक्षेर गर्न लगाईयो । कागजातमा के लेखिएको थियो आफूलाई पढ्ने अवसर नै नदिएर हस्ताक्षेर गर्न र ओैंठा छाप गर्न लगाईयो । सबै प्रकृया पूरा भै सके पछि मेरो नाममा चेक निकालियो । २÷३वटा चेकमा पनि हस्ताक्षेर गर्न लगाईयो । हस्ताक्षर गरेको चेक पनि नाम थाहा नभएकी महिला कर्मचारीले बैंकमा नै राखिन । कुरा गर्न खोज्दा कुरा गर्ने समय छैन । तपाईंको प्रकृया पूरा गर्नु पर्ने भएकाले हो । तपाईंले जे भन्यो त्यही मात्र काम गर्नु होस भनी जवाफ दिएकी थिईन ।”
पीडित अमरले खाता खोलेको तीन महिना पछि किस्ता भर्नु पर्याे भन्दै बैङ्कबाट फोन आएपछि आफु चकित परेको वताए । उनले आफुले बैङ्कबाट कुनै ऋण नै निकालेको छैन के को किस्ता तिर्ने होला ? भनेर बैङ्कलाई प्रश्न गरेको बताए । उनले भने – “ बैङ्कले तपाईको नाममा ९ लाख ५० हजारको ऋण छ भन्यो ।”
पीडित अमरले ऋण भनेको के हो ? थाहा छैन मेरो नाममा ऋण कसरी आयो ? भनेर फेरि प्रश्न गर्दा उत्तरमा धेरै कुरा नगर्नुहोस भनेर भनेको गुनासो गर्दै भने – “बैङ्कबाट तपाईंको नाममा ऋण देखिएको छ समयमा किस्ता भर्नु भएन भने तपाईंको घर जग्गा लिलाम हुन्छ । तपाईंले समयमा नै किस्ता भर्नु भनी फोन राखि दियो ।”
पीडित अमरले बैङ्कमा आएर हेर्दा आफुले खाता मात्र खोलेको तर आफ्नो खातामा ९ लाख ५० हजारको ऋण देखिपछि ठगीएको पत्ता पाए । तर पनि बैङ्कको पेलानले उनले पहिलो किस्ता ७ हजार पाँच सय र त्यसपछि १ लाख ५० हजार तिर्न बाध्य भए ।
उनले भने – “घर नै लिलाम हुन्छ भने पछि डरले आफुले एक पटक ७५०० जम्मा गरे । फेरि घरमा चिठ्ठी सहित मान्छे आए चिठ्ठी पुर्याउने मान्छेले छिटो किस्ता भर्नु होस । नभए तपाईंको घर लिलाम हुन्छ भन्दा डरले १ लाख ५० हजार पनि जम्मा गर्न बाध्य भए ।”
नलिएको ऋणको पीरले उनको घर परिवार तनाबमा छ । अहिले उहाँको अर्काे बैंकमा रहेको खाता समेत ब्लक छ । पेन्सन आएको पैसा पनि निकाल्न नसक्दा नत घर खर्च चलाउन सकिएको छ नत बैङ्कको कालो कुर्तुतको तनाबले परिवार मुक्त भएको छ ।
यस्तै एनआईसी एशिया बैङ्कले यस्तै कुर्तुत अर्का गणेश थारु माथि पनि गरेको छ । गणेश थारुबाट नागरिताको फोटो कपि,फोटो मागियो । त्यसको केही दिन पछि उनलाई पनि बैंकमा बोलाईयो । पीडित गणेशले भने -“बैङ्कमा कागजात तयार थिए । बैंक बन्द भएकाले वेसमेन्टको ढोका प्रयोग गरी बैङ्कभित्र बोलाईयो । सम्पूर्ण कागजातमा हस्ताक्षर गर्न लगाईयो । आफूले हस्ताक्षेर गरेपछि श्रीमतीले पनि हस्ताक्षेर गरिन ।”
गणेशले श्रीमती नआएको र आफू मात्रै एक्लै आएको भन्दा तपाई बोलाउनु हुन्छ कि हामी ल्याउन घरमै जाउँ भनेर भनेको समेत बताए ।
उनले बैङ्कका नाम नचिनेका अपरिचित कर्मचारीले त्यसो भनेको वताए । पीडित गणेशले भने – “त्यसपछि आफु बोलाउछु भने फोन गरेर बोलाए । बीच बाटो सम्म ल्याउन आफू गएर ल्याए । श्रीमतीले पनि हस्ताक्षेर गरिन र ल्याप्चे लगाईन । मलाई चेकमा पनि हस्ताक्षेर गर्न भनियो । मेरो नामको चेकमा हस्ताक्षेर गर्न वाध्य भए । ३÷४ वटा चेक बैङ्क कर्मचारिले नै राखे बचेको चेक आफुलाई दिए ।”
दुई तीन महिना पछि बैङ्कबाट किस्ता भर्नु पर्याे भन्दै फोन आयो गणेशले भने । उनले पनि पीडित अमर जस्तै प्रश्न गर्दै भने- केको किस्ता तिर्ने हो ? जब कि मैले वैङ्कवाट ऋण नै लिएको छैन भने । तर उनलाई बैंक बाट ११ खाल ४० हजारको कर्जा तपाईको नाममा लिएको छ भनि जवाफ आयो । उनले एक जना दाई (दिपक रोकाया) ले बैङ्कबाट पैसा आउछ । खाता खोल भन्दा मैले खाता मात्रै खोलेको हो । ऋण त मैले लिएको छैन भने ।
पीडित गणेश बैङ्कमा नै गएर हेर्दा ११लाख ४० हजारको ऋण लिएको देखियो । उनि आफुले लिदै नदिएको कर्जा देखिदा आत्तिए । उनले बैङ्कका कर्मचारी शीत भने – “मैले १पैसा ऋण लिएको छैन । पैसा आउँछ भनेर खाता खोल्न लगाए पछि खाता मात्रै खोलेको हो । बैङ्कमा धेरै बेर सम्म बोले,कराए मेरो आवाज कसैले सुनेन् । तपाईंले ऋण लिएको देखिन्छ किस्ता भर्नु होस । यदि किस्ता नतिरे तपाईंको घर लिलामा जान्छ । जवाफ मात्रै पाए ।”
गणेशको घरमा बैङ्कबाट किस्ता भर्नु भन्दै वारम्वार चिठ्ठि जाने गरेको छ । यो कुराले पीडित गणेश न्यायको लागि विभिन्न निकायमा धाएको बताए ।
कानूनी रुपमा बैङ्कको षड्यन्त्रमा खाता खोल्न लगाई अमर र गणेशको नामको खातामा पैसा जम्मा हुन आएको देखिन्छ । अनि त्यही खाताबाट पैसा निकालेको देखिन्छ । जसले गर्दा दुवै जनालाई कानूनी लडाईमा कमजोर बनाएको छ । गणेशले बैङ्कले समेत यसरी ठगी गर्छ भन्ने कुरा आफूलाई थाहा नभएको वताए ।उनले अहिले आफु बैङ्कको षड्यन्त्रपूर्ण ठगीका कारण मर्नु न वाँच्नुको अवस्थामा पु्र्याएको पीडा पोखे ।
यस विषयमा एनआईसि एसिया बैंकका ईन्चार्ज राजन पोखरेलले ऋण लिदा उहाँहरुले लिनु भयो अहिले नाना थरि कुरा गरेर उन्मुक्ति पाउने भनेर जवाफ दिए । उनले बैङ्कमा ऋण देखिएको छ, कागजातमा हस्ताक्षेर गर्दा पूर्णजानकारी दिएको हुन्छ । अहिले अन्जान बन्ने काम गर्नु नितान्त गलत भएकोबताए ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी सुर्खेतले पीडित र पीडकहरु सवै पक्षलाई संगै राखेर छलफल गरेको छ । वुधवार सुर्खेतको पार्टी कार्यालयमा सवैपक्षलाई वोलाएर छलफल गरेको हो । छलफलमा नेकपाले पीडित अमर चौथरी र गणेश थारुको नाममा ट्रास्फर गरिएको ऋण दिपक रोकायाले नै तिर्ने सहमति भएको छ । नेकपाका जिल्ला सेक्रेटरी जीतले एनआईसी एसिया बैंकका प्रमुख,दिपक रोकाया र पीडितलाई बसाली लामो छलफल गर्दा यस्तो सहमति भएको हो ।
बैङ्कमा भएको ऋण रोकायाको कारोबार मनिषा कोल्डडिङ्गको ऋण असुल गर्दा पीडित गणेश र अमरको नाममा बैंकले देखाएको ऋणको कालो सुचिबाट नाम हटाउने र ऋण दिपक रोकायाको नाममा नै देखाउने सहमति भएको सुर्खेत सेक्रेटरी जितेले जानकारी दिए । सहमति पत्रमा पीडित अमर,गणेश, कारोवारी दिपक र बैङ्कका अधिकारीहरुको हस्ताक्षर गरेका छन ।
एनआईशी एशिया बैङ्कको गढवढी वेला वेला सार्वजनिक हुने गरेकै थिए । सुर्खेतमा भएको यो गढवढी पनि सामान्य नभएको नेकपाले वताएको छ ।
को हुन त ? दिपक रोकाया :
दिपक रोकाया भन्ने व्यक्ति एनआईसी एशिया बैङ्कका ऋणी हुन । उनले एरिचोक शाखाबाटै १ करोड १० लाख ८ हजार ४ सय ८५.९२÷ अधिविकर्ष कर्जा शिर्षकमा ऋण लिएका व्यक्ति हुनु । रोकायाले मनिषा कोल्डडिङ्ग संचालन गरेकाले त्यसको कारोवारो वढाउन ऋण निकालेका छन । उनले पनि किस्ता समयमा नै भर्दै गएको तर व्यापार चल्न कम भए पछि किस्तामा तलमाथि हुनथाल्यो ।
किस्ता समयमा नै भर्नुहोस नभरेको खण्डमा अन्यथा बैङ्कले तपाईंको धितो लिलाम गर्ने छ भन्दै सुचना प्रकाशन गर्यो । उनले म किस्ता भर्छु । मलाई समय दिनुहोस भन्दा भन्दै बैङ्कले उहाँको कुनै कुरा नसुनी २ किर्ता जग्गा धितोको मुल्याङ्कनमा वेच्दियो ।
बैंकले १ करोड मुल्यको ५० लाखमा र ४४लाखको मुल्य पर्ने १५ लाखमा वेच्यो । यो कदम विरुद्ध रोकायाले सुर्खेत अदालतमा मुद्दा समेत हालेको वताउछन ।
करोडौ रुपैंया ऋण दिएर बैङ्कले सर्वसाधारणको अर्बाैं सम्पती झ्वाम पारेको र सडकको बास बनाउने यो अन्यायपूर्ण कार्य गरेको रोकाया वताउछन । तर पनि उनले किन गणेशलाई खाता खोल्न लगाए भनेर हेर्दा उनको पनि दोष देखिन्छ । उनको ऋण जग्गा वेचर बैङ्कले असुल गर्दा पनि असुर हुन नसकेपछि नयाँ तरिकाले सर्वसाधारणलाई फसाईएको अधिकाँस वताउछन । – अशोक शाही