६ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री हुँदै

२०८० भाद्र ३ गते, आईतवार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीमा राखेको छ। सरकारलाई आन्तरिक ऋण उठाउन बोलकबोल प्रक्रियाबाट ९१ दिनको ४ अर्ब २३ करोड रुपैयाँ र ३६४ दिनको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो। बैंक वित्तीय संस्थाका साथैं अन्य संस्थाले ट्रेजरी बिल खरिद गर्न ब्याजदर र आफूले खरिद गर्न चाहेको रकम इलेक्ट्रोनिक माध्यमबाट राष्ट्र बैंकमा प्रस्ताव पेश गर्नु पर्नेछ । राष्ट्र बैंकले सोमबार कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई ट्रेजरी बिल बिक्री गर्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]