पेट्रोलियम पदार्थको मूल्य बढ्यो !

काठमाडौँ । नेपाल आयल निगमले पनि पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्य तेस्रो वर्गमा रहेको काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ । हाल प्रतिलिटर पेट्रोलको मूल्य १७८ रहेको छ । शुक्रबार राति १२ पछिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनेछ ।
यस्तै तेस्रो वर्गमा रहेको काठमाडौं, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्य १७० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ वृद्धि भएको छ ।