६० किलो सुन तस्करी प्रकरण : थप तीन जना पक्राउ

२०८० भाद्र २३ गते, शनिबार


काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गत महिना बरामद गरिएको ६० किलो सुन प्रकरणमा थप तीन जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार यसरी थप पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाद्धय कमल परियार र वीरेन्द्र नेपाली रहेका छन्। सो ६० केजी सुन तस्करी पक्राउ प्रकरणमा उनीहरूको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको जनाईएको छ । यो सँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ।

प्रतिक्रियाहरु

[anycomment]