बैंक तथा वित्तिय संस्थाले स्थानीय तहको रकमलाई निक्षेपमा गणना गर्न पाउने

२०८० भाद्र २४ गते, आईतवार

काठमाडौँ । अर्थ मन्त्रालयको स्वीकृतिमा केन्द्रीय बैंकले आज देखि स्थानीय तहमा जाने रकमलाई बैंकहरुले निक्षेपको रूपमा गणना गर्न पाउने सुविधा प्रदान गरेको छ । गत शुक्रबार अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न दिने व्यवस्थाका लागि निर्देशन दिएको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकहरुले स्थानीय तहको ८० प्रतिशत रकमलाई निक्षेपको रूपमा गणना गर्दै आएका थिए । तर, नयाँ आर्थिक वर्षको सुरुवातसँगै नेपाल राष्ट्रबैंकले उक्त सुविधा खासेको थियो । स्थानीय तहमा जाने अर्बाैं रकम निक्षेपमा गणना गर्न नपाउँदा बैंकहरुलाई कर्जा निक्षेप अनुपात, अनिवार्य नगद अनुपातलगायतका मापदण्ड पूरा गर्न कठिनाई भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]