त्रिविको कूल बेरुजु २६ अर्ब ४९ करोड ५१ लाख १० हजार !

काठमाडौँ । महालेखापरीक्षकको ५७ औं वार्षिक प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालयको कूल बेरुजु २६ अर्ब ४९ करोड ५१ लाख १० हजार रुपियाँ पुगेको छ । उक्त प्रतिवेदन अनुसार बेरुजुको अवस्था रु.२८ अर्ब ६७ करोड १९ लाख ४९ हजार थियो । महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा आइपुग्दा पूर्व बेरुजुमा रु.५ अर्ब घटेर २३ अर्ब ५७ करोड ३८ लाख ४८ हजार रुपियाँमा पुगेको त्रिविले जानकारी दियो ।
त्रिभुवन विश्वविद्यालय ६४ औं वार्षिक सभामा प्रस्तुत आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यका अनुसार महालेखापरीक्षकको ६० औं (२०७९) वार्षिक प्रतिवेदनसम्म आइपुग्दा यो तीन वर्षको अवधिमा विश्वविद्यालयले छानबीन र अध्ययन गरी महालेखा परीक्षकको कार्यालयमा रु.१३ अर्ब ७० करोड बेरुजु सम्परीक्षणार्थ अनुरोध गरेकोमा रु.८ अर्ब २ करोडको सम्परीक्षण भइसकेको छ भने बाँकी करीब रु. ५ अर्ब २२ करोड ३३ लाख ९३ हजार महालेखा परीक्षकको कार्यालयबाट सम्परीक्षण हुन बाँकी देखिएको उल्लेख गरेको छ ।
त्यस्तै रु.२ अर्ब ४२ करोडको बेरुजु छानबिन पश्चात् कार्यकारी परिषद्बाट निर्णय भई सम्परीक्षणका लागि महालेखा परीक्षकको कार्यालयमा पठाउने तयारीमा रहेको बजेट बकतव्यमा उल्लेख छ । तर, महालेखा परीक्षकको कार्यालयका अनुसार सम्परीक्षणबाट बेरुजु फछ्र्यौट गर्ने सम्बन्धमा ऐन संसोधन गर्नुपर्ने भनी सम्परीक्षण कार्य स्थगित गरिएको कारणले आव २०७८–०७९ र गत आव २०७९–०८० मा कुनै पनि बेरुजु सम्परीक्षणबाट फछ्र्यौट हुन नसकेको उल्लेख गरेको छ ।