‘टिपटप समोसा’लाई २ लाख जरिवाना

२०८० आश्विन २ गते, मंगलवार


काठमाडौँ । काठमाडौं महानगरपालिकाले ‘टिपटप समोसा’लाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाको बजार अनुगमन समितिले अखाद्य एवं गुणस्तरहीन खाद्यान्न बिक्री गर्दै आएको पाएपछि टिपटपलाई उक्त जरिवाना तिराएको हो । महानगरपालिकाको न्यूरोडस्थित टिपटम समोसाको अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएको थियो । उक्त पसलले अखाद्य वस्तु बिक्री वितरण गरिरहेको सूचना आएपछि महानगर टोली बजार अनुगमनमा पुगेको थियो ।
अनुगमनका क्रममा बिक्रीमा राखिएको दुधबरी स्वच्छ नपाइएको जनाइएको छ । दुधवरीमा कच्चा पदार्थ अखाद्य रहेको पाइएको पनि टोलीले जनाएको छ । अनुगमनका क्रममा पसलले अबदेखि गुणस्तरीय सामाग्रीको बिक्री वितरण गर्ने प्रतिबद्धता जनाएको पनि महानगरले जनाएको छ ।
महामनगरले विक्री भएका मिठाई पनि बजारबाट फिर्ता ल्याई नष्ट गर्न पसललाई निर्देशन दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]