‘विज्ञापनमा विदेशी कलाकारको तस्वीर प्रयोग नगर’

२०८० आश्विन ८ गते, सोमबार

काठमाडौँ । विज्ञापन बोर्डले होडिङ बोर्ड वा अन्य प्रचार सामग्रीमा विदेशी कलाकारको फोटो प्रयोग नगर्न निर्देशन दिएको छ । बोर्डले सूचना जारी होडिङ बोर्ड, सवारी साधन वा अन्य कुनै माध्यममा विज्ञापन गर्दा स्वदेशी कलाकार वा व्यक्तिको फोटोमात्रै प्रयोग गर्न निर्देशन दिएको हो । विज्ञापन नियमावली (पहिलो संशोधन) २०८० को नियम ९ (क) को उपनियम (३) अनुसार विदेशी कलाकार वा व्यक्तिको फोटो प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ । विज्ञापनदाता, विज्ञापन एजेन्सी र सञ्चार माध्यमलाई सम्बोधन गर्दै बोर्डले त्यस्ता फोटोहरू प्रयोग भएको भए हटाएर नियमानुसार राख्न भनेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुनको मूल्य घट्यो

२०८१ मंसिर २८ गते, शुक्रबार

अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड !

२०८१ मंसिर २८ गते, शुक्रबार