गृहेश्वरी ट्रेडलिंकको चिनी गोदाम सिल

२०८० आश्विन ८ गते, सोमबार


काठमाडौँ । वाणिज्य विभागले गृहेश्वरी ट्रेडलिंकको चिनी गोदाम सिल गरेको छ । विभागले कालोबजारी गरेको आरोपमा उक्त गोदाम सिल गरेको हो। विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परिक्षणका लागि पठाइएको बताउदै भने- ‘गृहेश्वरी ट्रेडलिंकको चिनी गोदाम सिल गरिएको छ । करिब ७० हजार किलो चिनी भण्डारण गरेको भेटिएको छ,’ पोखरेलले भने,‘अहिले चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परीक्षणका लागि पठाइएको छ ।’
विभागमा सन्तोष खेतानको उक्त फर्मले उद्योगहरुबाट सस्तोमा खरिद गरेको चिनी काठमाडौंमा बिल बिजकविना नै महँगो मूल्यमा बिक्री गरेको भनि उजुरी परेको थियो ।
खुद्रा व्यापार संघका अधिकारीहरुका अनुसार १२७ रुपैयाँ किलो होलसेलमा चिनी बिक्री गरेर खेतानले १०५ रुपैयाँको मात्रै बिल दिने गरेका थिए । दुई साता अघिसम्म ११० रूपैयाँ किलोमा बिक्री भइरहेको चिनीको मूल्य हाल १४० रूपैयाँ किलोसम्म पुर्‍याइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अवैध सुनसहित दुई जना जना पक्राउ

२०८१ मंसिर २४ गते, सोमबार

६४ किलो गाँजा बरामद

२०८१ मंसिर २४ गते, सोमबार

नेप्से ४५.९३ अंकले घट्यो

२०८१ मंसिर २३ गते, आईतवार