नेप्से परिसूचक १८ दशमलव ६० अङ्कले घट्यो

२०८० आश्विन १० गते, बुधबार


काठमाडौँ । आज नेप्से परिसूचक १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० अङ्कमा कायम भएको छ । विभिन्न कम्पनीका ७० लाख ६१ हजार चार सय चार कित्ता शेयर रु एक अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ मा कारोबार भएका छन् । आज सबै समूहको उपसूचकमा रातो देखिएको छ ।
आजको कारोबारमा मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य नौ दशमलव ९० प्रतिशत, एसियन हाइड्रोपावर लिमिटेडको सात दशमलव ९१ प्रतिशत र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव ६० प्रतिशतले बढेको छ । साथै लक्ष्मी भ्यालु फण्ड–२ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने शुभव पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु सात करोड ६२ लाख २३ हजार सात सय ३२ बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु सेलेक्ट फण्डको तीन लाख ८१ हजार पाँच सय ४८ कित्ता शेयर किनबेच भएको छ ।
आजको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब ३८ अर्ब ६९ करोड ४० लाख ८४ हजार छ सय ९४ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार