६ क्विन्टल रक्त चन्दनसहित आठ जना पक्राउ

२०८० आश्विन १४ गते, आईतवार


काठमाडौँ । प्रहरीले साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको हो । कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको बताए । कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ पत्थर कोटमा चेक जाँचका क्रममा रक्त चन्दनको काठ, २ वटा गाडी र ८ जनालाई नियन्त्रणमा लिइएको उनको भनाइ छ । रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तुमा पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार