पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री प्रचण्डसमेतको उपस्थितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठले मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएपछि निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको हो ।
यसैबीच, नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी मूल्यवृद्धि फिर्ता लिएको जानकारी गराएको छ । निगमका अनुसार मूल्य वृद्धिलाई मूल्य स्थरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गरिनेछ । आइतबार बिहान आफूसँग सल्लाह नगरी इन्धनको मूल्य वृद्धि गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले आयल निगमसँग असन्तुष्टि जनाएका थिए । सोही असन्तुष्टिकै बीच प्रधानमन्त्री प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएका थिए ।