विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण

२०८० आश्विन १७ गते, बुधबार


काठमाडौँ । विश्व बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ (सन् २०२४)मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आयातमाथिको प्रतिबन्ध हटाएपछि र मौद्रिक नीतिको ‘सपोर्ट’ले औद्योगिक र सेवा क्षेत्रको विकासमा सहयोग पुग्ने विश्व बैंकको आकलन छ ।
यस्तै, आर्थिक वर्ष २०८१/०८२ .सन् २०२५)मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ ।
विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो नेपाल विकास अपडेट २०२३ मा चालु आवमा सबैभन्दा बढी सेवा क्षेत्रको वृद्धिदर ५.१ प्रतिशत हुने उल्लेख छ ।
वास्तविकतर्फ उद्योग क्षेत्रको वृद्धिदर ३.२ र कृषि क्षेत्रको २.१ प्रतिशत वृद्धिदर रहने विश्व बैंकको प्रक्षेपण छ । व्यापार घाटा जीडीपीको ३०.१ प्रतिशत हुने विश्व बैंकले जनाएको छ । नेपाल सरकारले चालु आव २०८०र८१ मा आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत राखेको छ ।
विश्व बैंकका अनुसार यो वर्ष दक्षिण एसियामा ५.६ प्रतिशतको आर्थिक वृद्धिदर रहनेछ । यसमध्ये सबैभन्दा बढी आर्थिक वृद्धिदर हुनेमा ६.३ प्रतिशतसहित भारत रहने विश्व बैंकले जनाएको छ । यस्तै, बंगलादेशको आर्थिक वृद्धिदर ५.६ प्रतिशत, माल्दिभ्सको ५.२, भुटानको ४, नेपालको ३.९ र दक्षिण एसियामा सबैभन्दा कम श्रीलंका र पाकिस्तानको १.७ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३३.४२ अंकले घट्यो

२०८१ मंसिर २७ गते, बिहीबार

नेप्से ४५.८८ अंकले बढ्यो

२०८१ मंसिर २६ गते, बुधबार

सुनको मूल्य फेरी बढ्यो !

२०८१ मंसिर २६ गते, बुधबार