नेप्से परिसूचक ११.०४ अंकले गिरावट

२०८० आश्विन १८ गते, बिहीबार


काठमाडौँ । नेप्से परिसूचक ११.०४ अंकले गिरावट हुँदा १९५६.९२ को विन्दुमा बन्द भएको छ । सेयर लगानीकर्तामा बढ्दो निराशाले नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ । मंगलबार १७.५६ अंकले गिरावट भएको नेप्से बुधबार ९.२४ अंकले वृद्धि भएको थियो । तर, बिहीबार पुनः सोमबारको क्लोजिङ विन्दुबाट ०.५६ प्रतिशतले गिरावट भएको हो । बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । म्युचुअल फण्ड उपसूचक २.३४ प्रतिशतले बढेर बन्द भएको छ । होटल तथा पर्यटन उपसूचक १.१७ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.८४ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको हो । मंगलबार नेप्सेमा गिरावटका बाबजुत पनि १ अर्ब १९ करोड ९१ लाखको कारोबार भएको थियो । बुधबार नेप्से बढेपनि कारोबार रकम थप घटेर १ अर्ब १८ करोड ९९ लाखको कारोबार भएको थियो । तर, बिहीबार कारोबार रकम थप घटेर १ अर्ब १० करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ । ५० हजार ६९ वटा कारोबारमा ३५ लाख ६२ हजार ६२४ कित्ता सूचीकृत कम्पनीको सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
बिहीबार कारोबार भएकोमध्ये सिटिजन्स लाइफको सर्वाधिक ४ करोड ४३ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड १८ लाख र सोल्टी होटलको ३ करोड ९ लाखको कारोबार भएको हो ।
बिहीबार बजारमा कुल २३२ सूचीकृत कम्पनीको सेयर कारोबार भएका छन् । जसमध्ये १७२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४८ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै १२ कम्पनीको सेयरमूल्य स्थिर छ । बिहीबार कारोबार भएकामध्ये बाराही हाइड्रोपावरको सेयरमूल्य ९.३० प्रतिशतले वृद्धि हुँदा इस्टन हाइड्रोपावरको सेयरमूल्य ८.२६ प्रतिशत र हिमालयन लघुवित्तको सेयरमूल्य ७.९१ प्रतिशतले बढेको हो ।
इनफिनिटी लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशतले गिरावट हुँदा मध्येभोटेकोशी जलविद्युत् कम्पनीको सेयरमूल्य ६.६४ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ५.३१ प्रतिशतले गिरावट भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

डलरको मूल्य हालसम्मकै उच्च

२०८१ मंसिर १८ गते, मंगलवार

जलविद्युतको सेयर किन्न बिना धितो ऋण

२०८१ मंसिर १८ गते, मंगलवार

नेप्से १९ दशमलव ९७ अङ्कले बढ्यो

२०८१ मंसिर १७ गते, सोमबार