शेयर धितो कर्जामा सीमा बढ्यो !

२०८० आश्विन १९ गते, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएको छ । हाल एक व्यक्ति वा संस्थाले यस्तो कर्जा १२ करोडसम्म मात्रै लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाएर व्यक्तिलाई १५ र संस्थालाई २० करोडको सीमा बनाइएको हो । अब व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म यस्तो कर्जा लिन सक्ने भएका हुन् । बैंकले एकीकृत निर्देशन संशोधन गर्दै कर्जाको नोक्सानी व्यवस्थामा पनि सहजीकरण गरेको छ । असल वर्गमा वर्गीकरण भएको कर्जामा १ दशमलब ३ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्नेमा यसलाई संशोधन गर्दै १ दशमबल २५ प्रतिशत गर्नुपर्ने व्यवस्था गरेको छ ।
शेयर बजारमा कर्जा सीमाले समस्या पारेको भन्दै हटाउन माग गरिंदै आएको थियो । गत २ असोजमा भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकमा राष्ट्र बैंक यस्तो कर्जा सीमा हटाउने नभै परिमार्जन गर्न भने तयार भएको थियो । सोही अनुरुप अहिले राष्ट्र बैंकले एकीकृत निर्देशन २०७९ संशोधन गर्दै १२ करोडको सीमा बढाएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार