झलनाथ खनाल प्रतिष्ठानको सर्पपालन कार्यक्रममा अनियमितता, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा

२०८० आश्विन २१ गते, आईतवार


काठमाडौँ । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित सर्प पालन कार्यक्रममा आर्थिक अनियमितता भएको ठहर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले यादवसहित ७ जनाविरुद्ध १७ करोड ९८ लाख ३३ हजार बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सर्लाहीको लालबन्दी रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपुरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन गरिएको थियो । तर आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोग गरी कानुन विपरित प्रतिष्ठानसँग साझेदारी गरेको र बदनीयतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको अख्तियारलको ठहर छ ।
आर्थिक मामिला यादवका अलावा तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालक समितिका तत्कालीन अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र राय विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
तत्कालीन मन्त्री यादव र तत्कालीन नगरप्रमुख खड्काविरुद्ध १७ करोड ९८ लाख ३३ हजार तथा तत्कालीन सचिव श्रेष्ठविरुद्ध ३ करोड २७ लाख रुपैयाँ बिगो कायम गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार