शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ। शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार १२ अंकले घटेको बजार मंगलबार १९ अंकले ओरालो लागेर १८ सय ८९ बिन्दु कायमभयो । सबै उपसूचक राताम्मे भएको आजको कारोवारमा आधा दर्जन समूह १ प्रतिशत बढीले घटेका हुन् । अरु समूह पनि ओरालो लागेको बजारमा १ सय ९३ कम्पनीको मूल्य घटेको छ । जम्मा ३१ कम्पनीको मात्र मूल्य बढेको नेप्सेले जनाएको छ ।
घटेको बजारमा पनि अप्पर लोहरे खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले करिब ६ प्रतिशत कमाएका छन् भने बाराही हाइड्रो पावरका लगानीकर्ताले करिब ८ प्रतिशत बराबरले गुमाएका छन् । मंगलबार २ सय ८२ कम्पनीको ४२ लाख ८७ हजार कित्ता शेयर १ अर्ब २८ करोड बढीमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।