गुह्येश्वरी ट्रेड लिङ्कलाई तीन लाख जरिवाना गराएर उन्मुक्ति

२०८० आश्विन २५ गते, बिहीबार


काठमाडौँ । गुह्येश्वरी ट्रेड लिङ्कको गोदामलाई तीन लाख रुपैयाँ जरिवाना गरेर सिलबन्दी फुकुवा गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अभाव भएका बेला ७० हजार केजी (सात टन) चिनी भण्डारण गरेको आरोपमा सिलबन्दी गरेको व्यावसायिक फर्मलाई जरिबाना गरेर सिलबन्दी फुकुवा गरेको हो । विभागका निर्देशक आनन्द पोखरेलले चिनीको गोदाम कानुनको सबै प्रक्रिया पूरा गरेर नै सिलबन्दी फुकुवा गरिएको जानकारी दिए । जरिवाना गराएर चिनीको गोदाम खोलेको बताउँदै उनले भने-“चिनी खानयोग्य छ । लेबलबिनै बिक्री गर्ने उद्योगलाई जरिबाना गरिएको छ ।” ती थोक बिक्रेताले गोदाममा मौज्दात रहेको ७० हजार दुई सय केजी चिनी सरकारी संस्थानमार्फत आमउपभोक्ताले सहज र सुपथ मूल्यमा प्राप्त हुने गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी वा साल्ट टे«डिङ कम्पनीलाई मूल्य अभिवृद्धि करसहित प्रतिकेजी १०१ रुपियाँ ५० पैसामा बिक्री गर्ने भन्ने सहमति भएको पनि विभागले जनाएको छ ।
काठमाडौँको सबैभन्दा ठुलो चिनी गोदाम भनिएको ट्रेड लिङ्कले बिनाबिल महँगोमा चिनी बिक्री गरिरहेको आरोप लागेको थियो । व्यवसायी सन्तोष खेतानको उक्त फर्मले उद्योगहरूबाट सस्तोमा खरिद गरेको चिनी काठमाडौँमा बिलबीजकबिना नै महँगो मूल्यमा बिक्री गरेको भन्दै नेपाल खुद्रा व्यापार सङ्घले विभागमा उजुरी गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुनको मूल्य घट्यो

२०८१ मंसिर २८ गते, शुक्रबार

अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड !

२०८१ मंसिर २८ गते, शुक्रबार