शेयर बजारमा २३ अंकले गिरावट
२०८० आश्विन २९ गते, सोमबार
काठमाडौँ । सेयर बजारमा दोहोरो अंकले गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से २३ अंकले घटेको बजार १८ सय ५१ बिन्दुमा झरेको छ । कारोबार भएका सबै उपसूचक राताम्मे रहेको बजारमा सवा अर्ब बराबरका शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
होटल तथा पर्यटन, जलविद्युत र जीवन बिमा समूहमा दुई प्रतिशत बढीको गिरावट आएको बजारमा अरु आधा दर्जन कम्पनीको शेयर १ प्रतिशत बढीले घटेका छन् । घटेको बजारमा सिद्धार्थ प्रिमियमका लागनीकर्ताले सबैभन्दा बढी करिब आठ प्रतिशत बराबर कमाएका छन् भने सयपत्री हाइड्रो पावर र हाथ्वे इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् ।
सोमबार २ सय ८४ कम्पनीको ४८ लाख कित्ता शेयर १ अर्ब २५ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ । सोमबार जम्मा २२ कम्पनीको मूल्य बढ्यो भने २ सय ११ कम्पनीको मूल्य घटेको छ ।