नेवानिद्वारा कर्जा र ब्याज बापत ५५ करोड भुक्तानी

२०८० कार्तिक १ गते, बुधबार


काठमाडौँ । नेपाल वायु सेवा निगमले कर्जा र ब्याज बापत सञ्चयकोष र नागरिक लगानी कोषलाई मंगलबार ५५ करोड ४० लाख रुपैयाँ भन्दा धेरै भुक्तानी गरेको छ । कर्जा बापत सञ्चय कोषलाई ४३ करोड नौ लाख र नागरिक लगानी कोषलाई १० करोड भुक्तानी गरिएको निगमले जनाएको छ ।
त्यसैगरी असारदेखि असोज मसान्तसम्मको व्याजबापत निगमले सञ्चयकोषलाई २ करोड ३२ लाख रुपैयाँ रुपैयाँ भन्दा धेरै भुक्तानी गरेको छ ।
यसअघि निगमले असार ३१ गते सञ्चयकोष र नागरिक लगानी कोषलाई ऋण र ब्याज बापत ८३ करोड ९ लाख तिरेको थियो भने गएको चैतमा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार रुपैयाँ तिरेको थियो । सुदन किराँती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएपछि निगमले जहाज खरिद गर्दा लिएको ऋण र त्यसको ब्याज सम्बन्धित निकायलाई तिर्न थालेको हो । निगमको अर्थ विभागका उप निर्देशक दीपेन्द्र सुवेदीले सम्झौताको शर्त अनुसार लगाइएको ब्याज, हर्जना ब्याज र पेनल रकम छुट गरी सहयोग गरिदिन पनि नागरिक लगानी कोष र सञ्चयकोषलाई अनुरोध गरिएको जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार