शेयर बजारमा दोहोरो अंकको वृद्धि

२०८० कार्तिक १ गते, बुधबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) मा न दोहोरो अंकको वृद्धि देखिएको छ । साताको कारोबारको तेस्रो दिन बुधबार नेप्से ४३.२७ अंकले बढेर १९०७ बिन्दुमा पुगेको छ । मंगलबार पनि नेप्से १३.१८ अंकले बढेको थियो । नेप्से बढे पनि कारोबार रकम भने खुम्चिएको छ ।
मंगलबार एक अर्ब ८४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ९३ करोड ४८ लाख ९४ हजार रुपैयाँमा सीमित भएको हो । नेप्सेका अनुसार आज कारोबार भएका २२३ कम्पनीको शेयरमूल्य बढेको छ भने १० कम्पनीको शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । आज नेप्सेमा ३७ लाख ७२ हजार २३ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार