मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बिक्रि खुला

२०८० कार्तिक १० गते, शुक्रबार


काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको साधारण शेयर (आईपीओ) बैदेशिक रोजगारीमा रहेकाको लागि बिक्रि खुला भएको छ। श्रम भिसामा विदेश रहेका तथा अन्य मापदण्ड पुरा गरेकाले आइपीओमा आबेदन दिन सक्नेछन। मुक्तिनाथ कृषि कम्पनीले बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता बिक्रीमा राखेको हो। इच्छुक बैदेशिक रोजगारीमा रहेकाले १०० रुपैयाँ अंकित दरले प्रति व्यक्ति न्युनतम १० र अधिकतम १००० कित्ताको लागि आबेदन दिन पाउनेछन। कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशत अर्थात १४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशत अर्थात १ करोड ४० लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँका दरले १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको हो ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले कात्तिक २४ गतेसम्म कम्पनीको आवेदन दिन सक्ने छन्। बैदेशिक रोजगारीमा रहेकालाई आइपीओ बिक्रि तथा वितरण पश्चात सर्वसाधारण नेपाली नागरिकको लागि आइपीओ खुला गरिनेछ। मुक्तिनाथ विकास बैंकको प्रमुख लगानी तथा कृषि क्षेत्रको प्रवर्दनमा विभिन्न पेशाहरुमा आवद्द व्यक्तिहरुद्वारा २०७५ साल भदौ १ गते मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २१.६३ अंकले घट्यो

२०८१ चैत्र ३ गते, आईतवार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८१ चैत्र ३ गते, आईतवार

सरकारको आम्दानीभन्दा खर्च बढी !

२०८१ चैत्र १ गते, शुक्रबार