राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने

२०८० कार्तिक १६ गते, बिहीबार


काठमाडौँ । राष्ट्र बैंकले तिहारको लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्नै भएको छ । राष्ट्र बैंकका अनुसार तिहार पर्वको अवसरमा सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्न लागिएको हो । प्रतिव्यक्ति बढीमा सुनका असर्फी एक सेट र चाँदीका सिक्का मेडालियन एक सेट बिक्री गर्न लागिएको हो । असर्फी खरिदको लागि नगद वा क्यु मार्फत भुक्तानी गर्न सकिने राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार असर्फी खरिदका लागि यही कार्तिक १९ गतेदेखि कार्तिक २४ गतेसम्म बिहान ११ बजेदेखि अपरान्ह तीन बजेसम्म सम्पर्क गर्न सकिने राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रियाहरु

[anycomment]