शेयर बजारमा २१.४६ अंकको गिरावट

२०८० कार्तिक १९ गते, आईतवार


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.४६ अंकले घटेर एक हजार ८ सय २६ दशमलब २३ विन्दुमा बन्द भएको छ । आज कारोबार रकम एक अर्ब पनि पुग्न सकेको छैन । आइतबार ९७ करोड २३ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ३५ कम्पनीको शेयरमूल्य बढेको छ भने १९७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६.९७ प्रतिशतले बढेर प्रतिकित्ता ६१४ रुपैयाँ पुगेको छ । यस्तै आज तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयरमूल्य पनि ५.४७ प्रतिशतले बढेर प्रतिकित्ता ७११.९० रुपैयाँ पुगेको छ ।
आज हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंक लिमिटेडको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ४ करोड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]