राष्ट्र बैंकद्वारा सुन र चाँदीका सिक्का बिक्री सुरु

काठमाडौँ । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ । बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ । यस्तै सुनका असर्फी १० ग्राम, ५ ग्राम र २.५ ग्रामको बिक्रीमा ल्याएको केन्द्रीय बैंकले जनाएको छ ।
चाँदीको सिक्का १० ग्रामको मूल्य १६ सय रुपैयाँ र २५ ग्रामको ४ हजार रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । चाँदीको सिक्का १० ग्राममा लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको चित्र अंकित रहेको केन्द्रीय बैंकले जनाएको छ।
सुनको असर्फी १० ग्रामको १ लाख २ हजार ३६८ रुपैयाँ, ५ ग्रामको ५१ हजार १८३ रुपैयाँ र २.५ ग्रामको २५ हजार ५९२ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । सुनको असर्फीको मूल्य हरेक दिन परिमार्जन हुनेछ ।