वाणिज्य बैंकहरूले ब्याजदर घटाए !

२०८० कार्तिक ३० गते, बिहीबार


काठमाडौँ । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिएको र कर्जाको माग समेत बढ्न नसकेपछि मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । १३ वाणिज्य बैंकले मंसिरका लागि निक्षेपको ब्याजदर घटाएका छन् भने ६ बैंकले कात्तिककै ब्याजदर यथावत राखेका छन् । मंसिरमा प्राइम कमर्शियल, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, नेपाल र सिटिजन्सले कात्तिककै ब्याजदर कायम गरेका छन् । माछापुच्छ्रे बैंकले मात्र मंसिरमा निक्षेपको ब्याजदर बढाएको छ भने अरु सबै बैंकले घटाएका छन् ।
कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.३३२ र संस्थागततर्फ ०.३०७ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । कात्तिकमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ९.९६४ प्रतिशत रहेकोमा मंसिरमा घटेर ९.६३३ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर कात्तिकमा ७.८५ प्रतिशत रहेकोमा मंसिरमा ७.५४७ प्रतिशतमा झरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार