घरजग्गाको कारोबार घट्यो

२०८० मंसिर ३ गते, आईतवार


काठमाडौँ । कात्तिक महिनामा दशैं–तिहार जस्ता ठूला चाडपर्वले गर्दा घरजग्गाको कारोबार घटेको छ । एक महिनाभित्रै दुई ठूला पर्वहरु परेकाले सार्वजनिक बिदा पनि धेरै भएको र नागरिक पनि चाडपर्वमा व्यस्त रहेकाले घरजग्गाको कारोबारमा कमी आएको हो । भूमि व्यवस्था तथा अभिलेख विभागले तथ्याङ्क सार्वजनिक गर्दै चाडपर्वमा कारोबार घटेको जनाएको छ । जग्गाको कारोबार घटेसँगै कात्तिक महिनाको राजस्व पनि घटेको छ । गत आर्थिक वर्षको कात्तिक महिनामा २७ हजार ९३९ लिखत पारित भएकोमा यस वर्षको कात्तिकमा २६ हजार ४६ लिखत पारित भएको छ । दशैं र तिहार दुई ठूला पर्वहरु कात्तिक महिनाभित्रै परेकाले पनि यस वर्षको कात्तिकमा घरजग्गाको कारोबार घटेको विभागले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार