३३ किलो सुन तस्करी प्रकरण : २ चिनियाँसहित १५ जना सार्वजनिक

२०८० मंसिर ६ गते, बुधबार

काठमाडौँ । प्रहरीले ३३ किलो सुन तस्करी गरेको आरोपमा २ चिनियाँ नागरिक सहित १५ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा सो तथ्य खुलेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए ।
दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्र्याइएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्र्याइएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी गरिएको खुलेको छ । सुन तस्करीमा संलग्न १२ जना अझै फरार छन् । उनीहरूको खोजी भइरहेको छ ।
सुन तस्करीमा संलग्न व्यक्तिका बयान र प्रहरी अनुसन्धानबाट लामाबगरको फलाक नाका हुँदै ६ पटकमा ३३ किलो सुन भित्र्याइएको खुल्न आएको उनले बताए ।
तस्करको समूहले सुन खरिदबापतको रकम क्रिप्टोकरेन्सी र डलर तथा यार्सागुम्बा र कस्तुरीको बिना समेत पठाएर भुक्तानी गर्ने गरेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार