सर्वाधिक कर तिर्ने करदातालाई सम्मान

२०८० मंसिर ७ गते, बिहीबार


काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा सबैभन्दा बढी कर दाखिला गर्ने करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई बिहीबार बिहान अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् । हरेक वर्ष कर दिवसमा ‍विभिन्न विधामा सबैभन्दा धेरै कर तिर्नेलाई आन्तरिक राजस्व विभागले सम्मान गर्दै आइरहेको छ ।
सम्मान गरिएका करदाता कम्पनीहरू यस प्रकार रहेका छन :
सबैभन्दा बढी आयकर : नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)
निर्यात कारोबार : डाबर नेपाल प्रालि
विषेश उद्योग : एसियन पेन्ट्स
कृषि एवम् पशुजन्य : ओबिसी फुड्स प्राली
सहकारी तथा लघुवित्त : छिमेक लघुवित्त
बैंक तथा वित्तीय संस्था : ग्लोबल आईएमई
बीमा : लाइफ इन्स्योरेन्स कर्पोरेसन
स्वास्थ तथा शिक्षा : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
पर्यटन : मनोकामना दर्शन प्रालि
वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट
मध्यस्तरीय करदाता : नेपाल स्टक एक्सचेन्ज
ऊर्जा : भोटेकोसी पावर कम्पनी
रेमिटेन्स : आईएमई लिमिटेड
व्यक्ति आय : विजयकुमार शाह
आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) सूर्य नेपाल प्रालि (यो दुई विधामा सम्मानित भयो)

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार