सुन तोलाको एक लाख १९ हजार ३ सय रुपैयाँ

काठमाडौँ । सुनको मूल्य एक हजार ६ सय रुपैयाँले बढेर लगातार तेस्रो दिन पनि नयाँ रेकर्ड कायम गरेको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य एक लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ । जहाँ अघिल्लो दिन मंगलबार मात्रै हालसम्मकै उच्च एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । भने, आज उक्त रेकर्डलाई तोडेर नयाँ रेकर्ड कायम गरेको हो ।
यस्तै आज तेजाबी सुन एक लाख १८ हजार ८७ सय ५० रुपैयाँ निर्धारण गरेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । यसैगरि चाँदीको मूल्य आज २० रुपैयाँले बढेर तोलको १५ सय २० रुपैयाँ तोकिएको छ ।