इन्धनको मूल्य घट्यो

२०८० मंसिर १५ गते, शुक्रबार


काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटाएको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ । इन्डियन आयल कर्पोरेसन ९आईओसी० ले बिहीबार पठाएको नयाँ मूल्यसूची अनुसार निगले इन्धनको मूल्य घटाएको हो । घटेको मूल्य आज बिहिबार मध्यराति १ बजेदेखि लागू हुने निगमले जनाएको छ । आईओसीले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढाएर पठाएपनि निगमले भने मूल्य नबढाई यथावत राखेको हो । मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७० र डिजेल तथा मट्टीतेल प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार