नेप्से ७.२९ अंक घट्यो

२०८० मंसिर १७ गते, आईतवार


काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से ७.२९ अंक घटेर १८५१ विन्दुमा कायम भएको छ । कुल ९६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भयो । यसअघि बिहीबार १ अर्ब ३२ करोडको कारोबार भएको थियो । कुल ९४ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो भने १० को स्थिर रह्यो । माइक्रोफाइनान्स समूह जम्मा २ अंक बढ्यो भने अरु सबै समूहहरु घटेका छन् । बैंकिङ ५, विकास बैंक १६, फाइनान्स ९, होटल तथा पर्यटन २७, जलविद्युत् ९, जीवन बीमा २५, उत्पादन ११, निर्जीवन बीमा ४२, अन्य ७ र ब्यापार उपसमूह १३ अंक घटे ।
थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.६ प्रतिशत बढ्यो । सबैको लघुवित्तको ९, इङ्वा हाइड्रोपावरको ८.६, माइखोला हाइड्रोपावरको ६.२, मोलुङ हाइड्रोपावरको ५.६ तथा पञ्चकन्या माइको ५ प्रतिशत मूल्य बढ्यो । माउन्टेन इनर्जी, युनाइटेड इदी मर्दी र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको मूल्य १० प्रतिशत घट्यो । गुराँस लघुवित्तको ५.७ प्रतिशत घट्दा मञ्जुश्री फाइनान्सको मूल्य ५ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा सोनापुर मिनरल्स, हाथवे इन्भेस्टमेन्ट, सिटिजन लाइफ, युनाइटेड इदी मर्दी र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार