नेप्से ११ दशमलव ७३ अंकले वृद्धि

२०८० मंसिर २१ गते, बिहीबार


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अंकले उकालो लागेर एक हजार आठ सय ५२ दशमलव ७७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५८ अकंले उकालो लागेर तीन सय ५२ दशमलव २८ मा पुगेको छ । कूल ९५ लाख पाँच हजार छ सय आठ कित्ता शेयर दुई अर्ब ७९ करोढ ९१ लाख ४६ हजार चार सय ३३ रुपैयाँमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पुनःबीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो कम्पनीको ८६ करोड ८३ लाख ७८ हजार एक सय रुपैयाँ बराबरको कारोबार भयो । सिटिजन लाइफ इन्स्योरेन्स नौ करोड ५४ लाख ६८ हजार सात सय ९६ रुपैयाँ, सोनापुर मिनरल्स नौ करोड २७ लाख ६१ हजार तीन सय ६८ रुपैयाँ, माउण्टेन इनर्जी आठ करोड ७६ हजार २८ हजार छ सय ४२ रुपैयाँ र ग्लोबल आइएमई बैंकको संस्थापक शेयर आठ करोड रुपैयाँ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा छ ।
त्रिशूली जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त नौ दशमलव ९७, सिवाइसी नेपाल लघुवित्त नौ दशमलव ९१, नवील ब्यालेन्स फण्ड दोस्रो नौ दशमलव ४८ र आशा लघुवित्तका लगानीकर्ताले सात दशमलव शून्य पाँच प्रतिशतले कमाएका छन् । यस्तै ग्लोबल आइएमई लघुवित्त सात दशमलव ८१, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलव ४१, विजय लघुवित्त पाँच दशमलव १९, मेछ्यान हाइड्रोपावर दुई दशमलव ९२ र सिटिजन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले दुई दशमलव ९० प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त !

२०८२ असार २० गते, शुक्रबार

नेप्से ९.१४ अंकले बढ्यो

२०८२ असार १९ गते, बिहीबार