फेरि ६ किलो ५ सय ६५ ग्राम सुन बराबद !

२०८० मंसिर २४ गते, आईतवार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पुन: ६ किलो ५ सय ६५ ग्राम सुन बराबद भएको छ । ​ गए राति ६ किलो ५ सय ६५ ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ गरिएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ । उनीहरु दुबईबाट आएका विदेशी नागरिक रहेको जनाइएको छ । पक्राउ पर्नेमा इजिप्टका सेरिप मोहम्मद तथा दुई सुडानी नागरिक ओस्मान अलावेद इब्राहीम र मोहम्मद उस्मान रहेका छन् । विमानस्थलबाट गत बिहीबार राति पनि फ्लाइ दुबईको उडानबाट आएका दुई जनालाई १४ किलो सुनसहित पक्राउ गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु