राष्ट्र बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

२०८० मंसिर ३० गते, शनिबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते रु १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । बैंकले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप सङ्कलन गर्न लागेको जनाएको छ । घटीमा रु १० करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ । ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २१.६३ अंकले घट्यो

२०८१ चैत्र ३ गते, आईतवार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८१ चैत्र ३ गते, आईतवार

सरकारको आम्दानीभन्दा खर्च बढी !

२०८१ चैत्र १ गते, शुक्रबार