नेप्सेको साधारण सभा पुस २९ गते

२०८० पुष ९ गते, सोमबार


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले ४२औं वार्षिक साधारण सभा बोलाएको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २९ गते विहान ११ बजे नेप्सेकै कार्यालय शान्तिमार्ग, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिशत सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप हाल कायम चुक्तापूँजी १ अर्ब रूपैयाँकोे ६४ प्रतिशत दरले हुन आउने ६४ करोड रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
शेयरधनीहरूलाई सभामा उपस्थितिका लागि १० बजेदेखि हाजिरी पुस्तिका खुला गरिने जानकारी नेप्सेले दिएको छ । गत वर्ष शतप्रतिशत नगद लाभांश वितरण गरेको नेप्सेले यस वर्ष भने कम लाभांश वितरण गर्न लागेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २४.७६ अंकले घट्यो

२०८२ असार ५ गते, बिहीबार

११ महिनामा सवा दुई खर्ब ऋण !

२०८२ असार ५ गते, बिहीबार

नेप्से १.०७ अंकले घट्यो

२०८२ असार ४ गते, बुधबार

नेप्से ३.९० अङ्कले घट्यो

२०८२ असार ३ गते, मंगलवार