घरजग्गा मेला पुस १२ गतेदेखि

२०८० पुष १० गते, मंगलवार


काठमाडौं । आठौं घरजग्गा मेला यही पुस १२ गतेदेखि १५ गतेसम्म भृकुटीमण्डपमा हुने भएको हो । मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताए । उनले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताए ।
अहिलेको देशको आर्थिक अवस्था केही असहज भए पनि क्रेता र बिक्रेताबीच सूचना आदानप्रदान हुने र जानकारी पाइने माध्यम बन्ने उनको भनाइ छ । हरेक नागरिकहरुका लागि यो मेला महत्वपूर्ण रहेकाले मेलामा आएर अहिलेको घरज्ाग्गाको कारोबारहरुबारे चासो राख्न सकिने उनले बताए ।
यस वर्ष दुई अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको उनले बताए । कोरोनाका कारण केही वर्ष यता रोकिएको घरजग्गा मेला सुरु हुनुले थप सहजता थप्ने उनको विश्वास छ । मेलाको डेढ लाख मानिसहरुले अवलोकन गर्ने आयोजकका अपेक्षा छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २१.६३ अंकले घट्यो

२०८१ चैत्र ३ गते, आईतवार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८१ चैत्र ३ गते, आईतवार

सरकारको आम्दानीभन्दा खर्च बढी !

२०८१ चैत्र १ गते, शुक्रबार