नेप्सेमा १७ दशमलव २३ अंकले गिरावट

२०८० पुष ११ गते, बुधबार


काठमाडौँ । आज नेप्से परिसूचक १७ दशमलव २३ अंकले घटेर दुई हजार ७० दशमलव ८४ को बिन्दुमा कायम भएको छ । आज तीन सय सात कम्पनीको एक करोड ४३ लाख ३७ हजार सात सय ३८ कित्ता शेयर एक लाख १७ हजार चार सय ७६ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २४ करोड ८७ लाख ८२ हजार छ सय ११ बराबरको कारोबार भएको छ।
म्युचुअल फन्ड समूह शून्य दशमलव ५३ र निर्जीवन बीमा समूह एक दशमलव १६ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै व्यापार समूहको उपसूचकमा दुई दशमलव ३२ प्रतिशतको गिरावट देखिएको छ। चारवटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र चिर्खवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो। बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १९ करोड ६६ लाख ६४ हजार सात सय ९३ बराबरको कारोबार भएको छ। त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख सात हजार सात सय ७५ कित्ता शेयर किनबेच भएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३३.४२ अंकले घट्यो

२०८१ मंसिर २७ गते, बिहीबार

नेप्से ४५.८८ अंकले बढ्यो

२०८१ मंसिर २६ गते, बुधबार

सुनको मूल्य फेरी बढ्यो !

२०८१ मंसिर २६ गते, बुधबार