सुन तोलाको १ लाख २२ हजार रुपैयाँ
२०८० पुष १२ गते, बिहीबार
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँ कायम भएको छ । आज सुनको भाउ तोलामै १ हजार ३ सय रुपैयाँ बढेको हो । लगातार बढिरहेको सुनको मूल्य बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । यस्तै, चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ । पछिल्लो समय अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने नीति लिएसँगै सुनको मूल्यमा वद्धि देखिएको हो ।