नेप्से ८.७१ अंकले घट्यो

काठमाडौँ । नेप्से ८.७१ अंकले घटेर २०४९.२८ विन्दुमा पुगेको छ । नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। आज ५ अर्ब ५८ करोडको सेयर खरिदबिक्री भएको छ । अघिल्लो कारोबार दिन ४ अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज ११३ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १२८ कम्पनीका सेयरधनीले गुमाउनु परेको छ। कालिका पावर कम्पनी, सिंगटी हाइड्रो इनर्जी, नेपाल वेयर हाउजिङ्ग कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।