अलैँची प्रतिमन ८५ हजार रुपैयाँ

२०८० पुष २२ गते, आईतवार

काठमाडौँ । गत वर्ष प्रतिमन २८ हजार रुपैयाँमा बिक्रि भएको अलैँची यस बर्ष प्रतिमन ८५ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको व्यवसायी बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको तर कृषक तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नभएकाले यस वर्ष अलैँचीको मूल्य बढेको उनीहरु बताउँछन् । रोगले सखाप बन्दै गएको अलैँचीलाई कृषकले आधुनिक खेती प्रणाली अपनाएर पुरानै अवस्थामा फर्काउने प्रयास गरिरहेका छन् ।
आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार आएको उनीहरुको भनाइ छ । अधिकांश कृषकले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले अलैँची उत्पादनमा ह्रास आएको थियो । इलाममा यस वर्ष एक हजार तीन सय २० दशमलव पाँच मेट्रिक टन अलैँची उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा सात दशमलव ९६ प्रतिशतले बढी भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।
अलैँचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको बताइएको छ । गत वर्ष प्रतिहेक्टर शून्य दशमलव ६९ उत्पादकत्व रहेकामा चालु आर्थिक वर्षमा वृद्धि भएर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सार्वजनिक ऋण झन्डै २७ खर्ब !

२०८१ चैत्र ५ गते, मंगलवार

नेप्से २१.६३ अंकले घट्यो

२०८१ चैत्र ३ गते, आईतवार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८१ चैत्र ३ गते, आईतवार