पत्रकार जगदीश ठगि धन्दाको आरोपमा संगठनबाट निष्काशित

२०८० पुष २४ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार संगठन नेपालको गत मङ्सिर ४ गते नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय शिवगढीमा बसेको बैठकले जनपत्रकार संगठन नेपालको नाममा अनाधिकृत ढंगले बैंक खाता संचालन गरी रकम अपचलन गरि ठगि धन्दा गर्दै आएका जगदिश नाथ योगी ‘राजकुमार’ लाई ठगि तथा गैरकानुनी कार्य गरेकोले संगठनबाट निष्काशन गरेको छ । उनले राष्ट्रिय वाणिज्य बैंक सुर्खेतमा अनाधिकृत खाता खोलेको प्रमाण जनपत्रिका कार्यालयले प्राप्त गरेको छ ।
जुन यसप्रकार रहेको छ –


यस्तो गैरकानुनी कार्य बैंकको मिलेमतो विना सम्भव हुँदैन । यस विषयमा राष्ट्रिय वाणिज्य बैंक सुर्खेतका व्यवस्थापकलाई पटक-पटक भेट्न खोज्दा भाग्ने, अनेक बहाना गर्ने गरेको खुलासा नेपाल कम्युनिष्ट पार्टी प्रचार तथा प्रकाशन विभागका प्रबन्ध निर्देशक संजिव नेपालीले बताएका छन् । २०७४ भदौ २६ मा गैरकानुनीरुपले कारोबार गरेको बैंक विवरण ( statement) प्राप्त भएको छ । उक्त ठगि धन्दामा संलग्न जगदिशनाथ योगी ‘राजकुमार’ सो समयमा जनपत्रकार संगठन नेपालको केन्द्रिय सदस्य रहेका थिए ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय शिवगढीमा बसेको जनपत्रकार संगठन नेपालको सो बैठकले केन्द्रिय सदस्य अनिता गजमेरलाई कार्यक्षेत्र परिवर्तन भएको र पत्रकारिता क्षेत्रमा समय दिन नसक्ने भएको कारण आजसम्मको योगदानको कदर गर्दै संगठनको जिम्मेवारीवाट बिदाई दिएको छ ।
यसैगरी उक्त बैठकले महासचिव आलोक लिम्बु, केन्द्रिय सदस्य दाना केसी, यदुनाथ दाहाल र केबी गुरुङलाई लगातार तीन पटक भन्दा बढी बैठकमा अनुपस्थित रहेकोले संगठनको विधानको धारा ९ उपधारा १ दफाहरु ख, ग, घ, ङ, च बमोजिम जनपत्रकार संगठन नेपालबाट हटाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, स्थायी समिति सदस्य तथा जनपत्रकार संगठन नेपालका फ्र्याक्सन इन्चार्ज अनिल सी र नेपाल कम्युनिष्ट पार्टीका सल्लाहाकार तथा जनपत्रकार संगठन नेपालका सल्लाहकार समितिका संयोजक राजेन्द्र चिमौरियासमेतको उपस्थितिमा भएको उक्त बैठकका अन्य निर्णय र भावी कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेका छन् । – जनपत्रिकावाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु