नेप्से ३१ दशमलव ६२ अंकले बढ्यो

२०८० पुष २९ गते, आईतवार


काठमाडौँ । नेप्से परिसूचक ३१ दशमलव ६२ अंकले बढेर २ हजार १२० दशमलव ६२ को विन्दुमा कायम भएको छ। आज ३१४ कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर ९४ हजार ५२६ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ। आज होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०१ र व्यापार समूह शून्य दशमलव ९४ अ्कले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जनविद्युत समूह ४ दशमलव ५८ र अन्य समूह २ दशमलव ७७ प्रतिशतले बढेको छ। जलविद्युत समूहका ५ कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। हिमालयन पावर पार्टनर लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, मध्यभोकोशी जनविद्युत कम्पनी लिमिटेड र माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो। सबैभन्दा धेरै गुमाउनेमा भने मेगा म्युचुअल फण्ड–१ को शेयर मूल्य ९ दशमलव ५३ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याको आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर शेयर ३५ करोड ६८ लाख ३८ हजार ७२० रुपैयाँ बराबरको १२ लाख ७४ हजार ४२४ कित्ता किनबेच भएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २१.६३ अंकले घट्यो

२०८१ चैत्र ३ गते, आईतवार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८१ चैत्र ३ गते, आईतवार

सरकारको आम्दानीभन्दा खर्च बढी !

२०८१ चैत्र १ गते, शुक्रबार