नेप्से ७.२४ अंकले घट्यो नेप्से

२०८० माघ ४ गते, बिहीबार


काठमाडौँ । नेप्से ७.२४ अंकले घटेर २ हजार १५५.८२ विन्दुमा बन्द भएको छ । अघिल्लो दिन ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ८ अर्ब १७ करोडमा खुम्चियो । यस दिन हाइड्रोपावरसहित ३ समूह बढे । अन्य सबैभन्दा धेरै १.३० प्रतिशत बढ्यो भने हाइड्रोपावर ०.७९ र फाइनान्स ०.२० प्रतिशत बढे । होटल समूह सबैभन्दा धेरै १.४ प्रतिशत घट्यो । बैंकिङ ०.६४, विकास बैंक ०.६५, लगानी ०.७५, जीवन बीमा ०.५२, उत्पादन १.२८, माइक्रोफाइनान्स १.०२, निर्जीवन बीमा १.१३ र ब्यापार समूह ०.८९ प्रतिशत घटे । समग्र बजार घट्दा पनि रिडी पावर, गणपति लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर र माहुली लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सीईडीबी हाइड्रोपावरको ९.८ प्रतिशत बढ्यो । दोर्दी हाइड्रोपावरको ८.४, हिमालयन रिइन्स्योरेन्सको ८.४, इनिफिनिटी लघुवित्तको ७.९ प्रतिशत मूल्य बढ्यो । तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशत घट्यो । ग्लोबल आईएमई लघुवित्तको ७.३, थ्रीस्टार हाइड्रोको ७.१, नेपाल वेयरहाउजिङको ५.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सोनापुर सिमेन्ट, ङादी ग्रुप, रिडी पावर र नेपाल वेयर हाउजिङ कम्पनी क्रमशः अगाडि रहे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३३.४२ अंकले घट्यो

२०८१ मंसिर २७ गते, बिहीबार

नेप्से ४५.८८ अंकले बढ्यो

२०८१ मंसिर २६ गते, बुधबार

सुनको मूल्य फेरी बढ्यो !

२०८१ मंसिर २६ गते, बुधबार