कपडा व्यापारी नरेश अग्रवाल पक्राउ

२०८० माघ ५ गते, शुक्रबार


काठमाडौँ । राजस्व अनुसन्धान विभागले हुण्डी र क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आशंकामा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ। बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मार्दा हुन्डीको २ करोड रकम बरामद भएकाले उनलाई नियन्त्रणमा लिइएको विभागले जानकारी दिएको छ। उनलाई अहिले राजस्वको हिरासतमा राखिएको छ। अवैध कारोबारमा उनको टिम नै संलग्न रहेको र उनीसँगै अरु दुई जनालाई पनि नियन्त्रणमा लिइएको हो।
अग्रवाल अवैध धन्दामा लागेको आशंकामा विभागले लामो समयदेखि निगरानी गर्दै आएको थियो । बाहिर कपडा व्यापार देखाए पनि भित्रभित्रै सुन, हुण्डी र क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको विभागको अनुमान छ। अग्रवालबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

डलरको मूल्य हालसम्मकै उच्च

२०८१ मंसिर १८ गते, मंगलवार

जलविद्युतको सेयर किन्न बिना धितो ऋण

२०८१ मंसिर १८ गते, मंगलवार

नेप्से १९ दशमलव ९७ अङ्कले बढ्यो

२०८१ मंसिर १७ गते, सोमबार