कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ बनाउन ऋण लिइने

२०८० माघ १० गते, बुधबार

काठमाडौँ । सरकारले कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ सहितका संरचना निर्माण गर्न जापानसँग ३१ अर्ब २ करोड रुपैयाँबराबर ऋण लिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर ‘इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’ कार्यान्वयन गर्न ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ ।
कोटेश्वर क्षेत्रमा बन्ने संरचनाको सम्भाव्यता अध्ययनको काम जापानी सहयोग नियोग जाइकाले गरिसकेको छ ।
योजनाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणी भागमुनि अन्डरपास र जडीबुटीदेखि कोटेश्वर चोकसम्म फ्लाइओभर निर्माण योजना छ । सरकारले आर्थिक वर्ष २०७४/७५ बाट यो योजनालाई बजेट तथा कार्यक्रममा राख्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु