नेप्से १० दशमलव २६ अंकले वृद्धि
काठमाडौँ । नेप्से १० दशमलव २६ अंक बढेर २१ सय ४ दशमलव ७२ को विन्दुमा बन्द भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि बढेको छ । सोमबार ३११ वटा कम्पनीको एक करोड २३ लाख २२ हजार कित्ता शेयर ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँमा किनबेच भएको छ । सोमबार यूनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गरिमा विकास बैंकको ऋणपत्रको मूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ । सोमबार पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ६० करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ वटा उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ६४ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १ दशमलव ०८ प्रतिशतले बढेको छ । बैंकिङ्ग, लघुवित्त र निर्जीवन बीमा उपसमूह भने घटेका छन् ।