तीन करोड मुनिका साना योजना प्रदेश र स्थानीय तहमा पठाइने

२०८० फाल्गुन १२ गते, शनिबार


काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन । शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने- ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्छौँ । तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन् । बजेटको क्षेत्र तोकेर पठाइन्छ। आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ।’
प्रधानमन्त्री प्रचण्डले नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी पुराना योजनामा बजेट बिनियोजन गरिने बताए। उनले बैठकमा प्रधानमन्त्रीले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराउदै भने- ‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ। आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो। प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौँ। यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ।’
प्रधानमन्त्री प्रचण्डले आगामी मन्त्रिपरिषद बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गर्ने भएकाले प्रस्तुत विधेयकहरू पारित गराउन सांसदहरूलाई निर्देशनसमेत दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

डलरको मूल्य हालसम्मकै उच्च

२०८१ मंसिर १८ गते, मंगलवार

जलविद्युतको सेयर किन्न बिना धितो ऋण

२०८१ मंसिर १८ गते, मंगलवार

नेप्से १९ दशमलव ९७ अङ्कले बढ्यो

२०८१ मंसिर १७ गते, सोमबार